
एजेन्सी : इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी फुलहमसँग पराजित भएको छ ।
लेस्टर घरेलु मैदानमै फुलहमसँग २–१ ले पराजित भएको हो । फुलहमको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले गोल गरे ।
लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा छ ।
फुलहम ७ अंक जोडेर रेलिगेसन जोनबाट माथि उठेको छ । फुलहम १७औं स्थानमा उक्लिएको छ ।