महोत्तरी :  महोत्तरीको बर्दिबास १४ शुभम बस्तीकी ६ बर्षीया बालिका गुलाब्सा खातुनको हत्या प्रकरणमा इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत दुई प्रहरी जिल्ला तानिएका छन् ।

बालिका हत्यामा सई बीरेन्द्र सिंह र प्रहरी हवल्दार फुलगेन मण्डलको पनि संल्घनता रहेको आरोप लागेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर तानिएको हो ।

बालिका हत्यालाई लिएर भएको प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध गोली प्रहारबाट स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो ।

गुलाब्सालाई मंसिर ७ गते गौशाला नगरपालिका वडा नं ५मा स्थायी घर भएका अरुण साहले आफ्नो पसलमा चकलेट किन्न आएकी बालिकालाई बन्धक बनाएर बलात्कार गरी हत्या गरेका थिए ।

२०७७ मंसिर १६, मंगलवार ०८:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय