
महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताएका छन् ।
बर्दिबास नगरपालिका–११ सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गर्दै मन्त्री पोखरेलले मुलुकका सातै प्रदेशमा एकएक मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय र सङ्कल्पअनुसार काम अघि बढेको बताए ।
नवनिर्मित भवन तीन करोड ७४ लाखको लागतमा निर्माण भएको हो । जम्मा २१ कोेठाको सो अत्याधुनिक भवनमा प्राविधिक विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास छात्रछात्रालाई गराइने शिक्षालयका प्राचार्य रमणकुमार मेहताले बताए । शिक्षालयको ४० कोठे अर्को भवन अझै निर्माणाधीन छ । रासस