
महोत्तरी : बाख्राले काउली खाएको निहुंमा एक बालिका माथि मंगलवार निर्घात कुटपिट भएको छ । महोत्तरीको गौशाला नगरपलिका वडा ३ नवराजपुरमा राजेन्द्र साह कानुकी १२ बर्षिया छोरी बबिता साह कानुलाई स्थानीय राजेन्द्र यादवले बाख्राले काउली खाएको निहुंमा बालिकालाई घरमै निर्घात कुटपिट गरेका छन् ।
कुटपिटबाट घाइते भएकी बालिकालाई गौशाला नगरपालिका —५ स्थित गौशाला पोलिक्लिनिकमा उपचार गराइरहेको पीडित बालिकाकी परिवारजनले बताएका छ्न् । कुटपिटबाट बालिकाको शरीर भरी निलडाम रहेको छ ।
घटनाका विषयमा गौशाला नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरेन्द्र चौधरीलाइ कुनै जानकारी छैन् । पीडित परिवारजनले न्यायकोलागी मानवअधिकारकर्मी र संचारकर्मीहरु समक्ष आग्रह गरेका छन् ।