
सप्तारी: सप्तरीमा माहुरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यू हुनेमा जिल्लाको रुपनि गाउँपालिका वडा नं १ की स्थानीय राजेश कुमार यादवकी २४ बर्षिया श्रीमती रमिला देवि यादवको मृत्यु भएको हो ।
घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा सख्त घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचार गरिएकाे भएपनि उनकाे उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनिले जनाएको छ ।
मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंंह अञ्चल अस्पतालमा पोष्ट मार्टमकालागि पठाइएको छ ।