महत्वपूर्ण खोजः
कम्पनीका अनुसार विश्वव्यापी खाद्य उद्योगका लागि यो एक महत्वपूर्ण खोज हो र उसलाई आशा छ कि अन्य देशले पनि सिंगापुरजस्तै मञ्जुरी दिनेछ ।
पछिल्लो दशकमा दर्जनौं स्टार्टअप्सको तर्फबाट बजारमा सम्बर्धित मासु ल्याउने कोसिस गरिएको छ । र उनीहरुलाई आशा छ कि पारम्परिक मासु खाने व्यक्तिलाई उनीहरुले आफ्नो उत्पादन बढी असली छ भनेर गरिएको दाबी माथि विश्वास दिलाउन सक्नेछन् ।
इजराइलस्थित फ्यूचर मिट टेक्नोलोजी र बिल गेट्ससँग सम्बन्धि जोडिएको कम्पनी मेमफिश मिट्स पनि प्रयोगशालामा बनेको मासु बजारमा भित्र्याउने कोसिस गरिरहेका छन् । उनीहरुका अनुसार यस्ता उत्पादन मानिसहरुको गोजीका लागि भारी नपर्ने र स्वादको मामिलामा पनि अब्बल हुनेछ । सिंगापुरको कम्पनी शिओक मिट्स प्रयोगशालामा जनावरको मासु बनाउन काम गरिरहेको छ ।
थुप्रै मानिसहरुले यसले पर्यावरणमा फाइदा पुर्याउने बताएका छन् तर केही वैज्ञानिकले भने विशेष परिस्थितीमा यो जलवायु परिवर्तनका लागि घातक हुने बताएका छन् ।
चुनौती अझै बाँकी छः
बीबीसी न्यूज सिंगापुरकी मारिको ओईका अनुसार ईट जस्टले यो खानाले यस्ता उत्पादनका लागि विभिन्न आयाम खोलिदिने बताएको छ । तर चुनौती अझै पनि बाँकी छ । प्लान्ट बेस्ट मासु उत्पादनको तुलनामा प्रयोगशालामा तयार गरिएको मासु असाध्यै महँगो हुनेछ । इट जस्टले पहिले नै भनेको थियो कि ल्याबमा तयार गरिएको चिकन नगेट्स ५० डलरमा पाइनेछ ।
कम्पनीको उत्पादनमाथि उपभोक्ताको कस्ता प्रतिक्रिया आउँछन् भन्ने दोस्रो चुनौती पनि छ ।
तर ईट जस्टका उत्पादनको विषयमा सिंगापुरको मञ्जुरी पश्चात् अन्य खोलाडी पनि अगाडि सर्नेछन् र आफ्नो काम सुरु गर्नेछन् । यसका साथै अन्य देश पनि यसलाई मञ्जुरी दिनेबारे विचार गर्न सक्छन् । –BBC
२०७७ मंसिर १८, बिहीबार ०७:५९मा प्रकाशित



