
जनकपुरधाम : बजारमा प्रतिकिलो ७० रुपैयामा पाइरहेको आलुको बीउ कृषि ज्ञान केन्द्र धनुषाले ९० रुपैयाका दरले विक्री गरिरहेको विषयमा प्रदेश २ का भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले छानविन सुरु गरेको छ ।
मन्त्री शैलेन्द्र साहले बजारभन्दा बढी मुल्यमा आलु बीउ विक्री गरिरहेको कुरा थाहा पाएपछि ज्ञान केन्द्रामासंग रिर्पोट मागेको बताए । उनले भने, ‘वास्तविक कुरा बुझ्न पत्र पठाएर कार्यालयसंग रिर्पोट माग गरका छौं । त्यसपछि मात्र यस बारेमा केहि गर्न सक्छौं ।’केन्द्रका प्रमुख शंकर प्रसाद साह र व्यापारीको मिलोमतोमा टेन्डर भएका कारण आलुको बीउ बजारभन्दा महँगोमा किसानलाई बेच्ने गरेको स्रोतको दावी छ ।
बजारमा करिब ८० रुपैया मात्र आलु बीउ मुल्य रहँदा ९० रुपैयामा किन्ने सम्झौता गरेको कारण कमिशनको खेल भएको स्पष्ट हुन्छ । तर यसबार सम्बन्धित निकाय मौन थियो। टुडे एक्सप्रेस दैनिकले समाचार लेखेपछि बल्ल मन्त्रालयको ध्यान पुगेको छ ।
समाचार आएपछि बुधवार विक्री रोकेका केन्द्रले बिहिवारदेखि पुनः विक्री सुरु गरिसकेको छ । यतिसम्म की कर्मचारीहरू आलुको बीउ किन्न जाने किसानहरूलाई दुव्र्यवहार समेत गर्छन्।
बुधवार कर्मचारीले कुपन मागेकै कारण एक कर्मचारीले सयौं किसानको नागरिकता फालेका थिए । आलु बीउ जिल्लाका करिव २५ सय किसानले माग गरका छन् । तर कृषि ज्ञान केन्द्रले एउटा पालिकाका २० जनालाई मात्र अनुदानमा आलुको बीउ दिने बताएको छ ।