महोत्तरी : प्रायः भिडभाड हुने सरकारी कार्यालयमाबिचौलियाको बिगबिगीहुन्छ । तर सबैभन्दा बढी कुन स्थानमाबिचौलिया हुन्छ,भन्ने प्रश्नको सहजै उत्तर आउन सक्छ, त्योजिल्लामालापोत कार्यालय तथा भुमिसुधार कार्यालय ।मालपोत कार्यालय महोत्तरीको प्राङ्गणमा पुग्ने वित्तिकैकार्यालयको चारैतीर वरिपरि बिचौलिया तैनाथ हुन्छन् । बरु गेटमा नै विचौलियास्वागतगर्न आइपुग्छ।

कार्यालयबाट हुने हरेक काममाविचौलियाको वर्चश्वछ । बिचौलिया (दलाल) को भर परे दिनभरको काम क्षणभरमा हुन्छ, तर सेवाग्राही स्वयंमकर्मचारी कहाँगएर कामगरिदिन घण्टा, दिनहुँदै हप्तौ दिन सम्महारगुहार गर्दापनिघुस नदिएसम्महुदैन् । कामकालागिगएका तर खल्तीमा पैसानहुनेले कामहुन्छ,भन्ने सम्भावनानै हुँदैन । अनेकनबहानामाकार्यालय परिसरमाबिचौलियाले सर्वसाधारण ठगेको सोनामागाउँपालिकाका रामछविला यादव बताउँछन् । यादवले भने, ‘जुनसेवाग्राही पैसाको पोको बोकेर आउँछ,उसको कामघण्टा भरमै हुन्छ,तर पैसा र पहुँचनभएका सेवागा्रहीकोहप्तौं सम्मपनिकामनहुने यहाँको नियति छ ।’

समयमाकामनहुने, हप्तौं कुर्नुपर्ने रविचौलियाबिनाकामनहुने सधैभरी सेवाग्राहीको गुनासो हुन्छ । तर आफ्नो हिसावले कामगर्दा एक दिनमा एउटा कामहुदैनन् । गौशालानगरपालिकाकासेवाग्राहीभोला साहले एउटा कामकालागि२-३ दिनदेखि धाएपनिकित्ता काट गर्न आलटाल गरेको गुनासो गरे । उनलले भने, ‘साधारण भन्दा साधारण कामगर्न पनिबिचौलियाकै भर पर्नुपर्छ, अन्यथाकाम नै हुदैन् ।’

रातमा लुकेर काम
दिनभरी अनेको बहानाबनाएर सेवाग्राहीहरुलाई फर्काउँने कर्मचारीतोकिएको समय भन्दाबाहिर गएर विचोलियाको कामगर्ने गरेको पाईएको छ । सेवाग्राहीलाई कामबिना रित्तै फर्काउने कर्मचारीले बिचौलियाको सेटिङ्गमा पैसाको तालमेल गरेर अबेर राति सम्मकामगर्ने गरेको देखिएको छ ।

मंगलवार साँझ७ बजे मालपोत कार्यालयमाविचाोलिया राखेर कामगरिरहेको तस्बिर कैद गर्दा क्यामरा हेर्ने वितिकै उनीहरु मोटरसाईकल चढी फरार भए। अन्नपूणर्कर्मीको क्यामरा देख्दाहतारमा कम्युटर बन्दगर्दै कर्मचारी सहितबिचौलियामोसा चढेर भागे । जसको प्रमाण अन्नपूणर्कर्मीसंग सुरक्षित छ ।

विभागीय स्विकृतिबिनाकार्यालयकोकर्मचारीलाई कामगर्न मानहि छ । तर मालपोत कार्यालय महोत्तरीले कोठाभित्र बाहिरकाबिचौलिया राखेर काम गरेको छ । जुनवाञ्छिनीय मानिदैन् । कामको चापजतिसुक्कै भएपनिरातीको समयमाकामगर्न नमिल्ने र गर्नैपरेस्थानीयप्रशासनको अनुमतिलिनपेर्न प्रवधान छ । तर जिल्लाप्रशासनलाई कुनै जानकारी नगराएको प्रमुखजिल्लाअधिकारी कृष्ण कटुवालले स्विकारे ।
भ्रष्टाचार संघर्ष समितिकामहासचिवकुलदिप दास धोतीले हरेक जिल्लाको मालपोत, नापी, जिल्लाप्रशासन, यातायात जस्ता कार्यालय खुसखोरीको अडा बनेको आरोप लगाए ।

उनले भने, ‘सरकारी कार्यालयमासर्वसाधारण जनताको सहजै पँहुच छैन,बिचौलियाबिनाकामगर्न सकिन्न, सेवाग्राहीकार्यालयमा पस्दा नपस्दै तिनको चंगुलमा पर्छन् । बिचौलियामार्फत घुस दिएमात्रै सार्वसाधारणले सेवा पाउँछन् । यसमा घुस दिने र लिने दुवै पक्षउतिकै जिम्मेवार छन् । सेवाग्राहीले नदिए त कर्मचारी लिने कुरै हुँदैन, त्यसैले सेवाग्राहीयसमा सचेत हुनुपर्छ ।’

लामो लकडाउन अन्त्यसगैं मालपोत कार्यालय महोत्तरीमा सेवाग्राहीको चाप थेग्ननसकेर कार्यालयमा टोकन सिस्टम लागु गरिए पनिबाहरी दस्तुर तिरेपछी अबिलम्बकामहुने गरेको श्रोतको दाबीछ । जग्गा रोक्का/फुकुवामोठ भिडाउने, फाईल हेर्ने, तोक लगाउने, राजश्वतथा कर तिर्ने लगायतकाबिभिन्नशिर्षकमा फाट पिच्छे रकमतोकिएको हुन्छ । त्यसैले पनिबाहरी विचौलियाबिनाकामनहुने सेवाग्राहीको गुनासो छ ।

२०७७ मंसिर २४, बुधबार ११:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय