
काठमाडौँ : मुलुकभर पश्चिमी वायुको प्रभावले अहिले तराईमा बाक्लो हुस्सु लागेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकभर उत्तर-पश्चिमी वायुको प्रभावले पश्चिम तथा मध्य तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु लागेको छ । यस्तै काठमाडौँ उपत्यकामा पनि पातलो तुवालो लागेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाका तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यो शुक्रबारको तुलनामा केही बढी तापक्रम हो । शुक्रबार यो वर्षकै सबैभन्दा कम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आज काठमाडौँ उपत्यकाको तापक्रम १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको पूर्वानुमान छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।