वीरगन्ज :  बिहेको विधि विधान पूरा गर्न दिनभरि वा रातभरि लाग्छ । तर वीरगन्जमा परिवारजनकै मन्जुरीमा मात्र १७ मिनेट मै एउटा बिबाह सम्पन्न भएको छ ।

वीरगन्जको नयाँ बसपार्क स्थित पूणर्ब्रम्ह कबीर उपासक समाज नेपालको नामदीक्षा केन्द्रमा एक समारोहबीच पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका- १२ निवासी  जितेन्द्र प्रसाद कुशवाहाको २३ वर्षीय छोरा राहुल कुशवाहा र मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका – १० निवासी कृष्ण प्रसाद गुप्ताको २३ वर्षीया छोरी रिना गुप्ताको विवाह मात्र १७ मिनेटमा सम्पन भएको छ ।

हिन्दु धर्ममा पनि बिबाहको विधि र शैली फरक फरक छ । पूणर्ब्रह्म कबीरका अनुयायीहरूले विना कुनै विधिबिबाह सम्पन्न गर्छन् ।  व्रह्म उपासक कल्टमा भने विवाहमा कुनै विधि अपनाइँदैन। न त पण्डित चाहिन्छ , न त फूलमाला, बेहुला र बेहुली दुवैको हातमा भगवानको रक्षासुत्र बांधेर विवाह सम्पन्न हुन्छ ।

१७ मिनेटसम्म जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको एउटा वाणी बजाउने गरिन्छ,  त्यही १७ मिनेटको वाणी बजाइन्जेल दुल्हा र दुल्ही दुवैको हातमा लगाइ दिन्छन् । यसरी बिहे सम्पन्न हुन्छ ।

जगत गुरु तत्वदर्शी संत रामपाल जी महराजको धर्म सम्प्रदायभित्र रहेर भएको उक्त बिहेमा बैंड बाजा र तामझाम हुँदैन । कुनै प्रकारको लेनदेन हुँदैन । बिबाह पूणर्तया दाइजोमुक्त हुन्छ । सामान्य रुपमा बिहे गर्दा पनि लाखौं खर्च हुन्छ तर हामीले जन्ती सत्कार गररे परिवारजनकै मन्जुरीमा बिहे गर्दा पनि खर्च लागेन  भन्छिन् बेहुली रिना । बिबाह समारोहमा खाजा खर्च पनि धर्म संस्थाबाटै बेहोरिन्छ । दाइजो प्रथाले आक्रान्त ठाउँ र समुदायमा जन्मिएर पनि बेहुला राहुल  र बेहुली रिना  तथा उनका परिवारजनले बिना दाइजो बिबाह गररे समाज परिवर्तनको सन्देश दिएका छन् ।

तराईमा दहेजकै कारण धेर महिलाको हत्या हुने गरेका छन्  । धेरै  महिलाले  यातना खप्नुपरेको छ । यस्ता कुरीतिलाई अन्त्य गर्न संस्थाले एउटा अभियान नै चलाएको देव शंकर दास नेपालवाणी बताउँछन् ।

जगत्तगुरु तत्वदर्शी संत रामपालजी महाराजजीको अध्यात्मिक विचारधारामा आधारित उक्त समाजद्वारा हाल सम्म नेपालमा हजारौं जोडिहरुको विवाह सम्पन्न भइसकेको पर्सा जिल्लाका  संयोजक नरेश प्रसाद पंडितजीले नेपालवाणीलाई  बताए । साथै उक्त समाजले पाखण्डवाद ,अन्धविश्वास ,छुवाछुत र दाइजो जस्तो सामाजिक कुरुतीहरुको अन्त्य गरि समाजमा समाजिक सद्भाव भाइचारा स्थापना गराउने गरी मानवधिकारको पुर्ण पालना गराउने तथा समाजलाई पुर्णरुपले नशा तथा विकृती मुक्त गराउने यस समाजको मुख्य उद्देश्य रहेको समाजका सदस्य लालबाबु शाहले बताए ।

केही दिन पहिला मात्रै पूणर्ब्रम्ह कबीर उपासक समाज नेपाल, बर्दिबास शाखाले पनि यस्तै बिबाह सम्पन्न गराएको थियो ।

२०७७ पुष ५, आईतवार १४:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय