जनकपुरधाम  : नेकपाका स्थायी समिति सदस्य मातृक प्रसाद यादवले देशमा नयाँ राजनीतिक संकट पैदा भएका बताएका छन् । ओली प्रवृतिको बिरोध गर्दै मातृकाले केपी ओली कम्युनिष्ठ हुन नसक्ने बताए । ‘केपी ओलीले कम्युनिष्ठ हुदै होईन, उनी देशको लागि होईन मेन भिलेन हो । आफ्नो ग्याङ्गको लागि पार्टीको शुद्धिकरण भन्दा पनि उनी अपराधिकरण गरे’ उनले भने ।

उनले ओलीले तलदेखि माथि सम्म हुने अपराधिक गतिविधिको श्रृङख्लाबद्ध संरक्षण गरेको आरोप लगाए । ‘ओलीसंग एउटा पनि समाजवाद उन्मुख कम्युनिष्ठ नेता छैन, नेकपामा अध्यक्ष प्रचण्डले पार्टी चलाएपनि ओलीले ग्याङ्ग चलाएको छ, पार्टी विचार, बिधान सम्वत चल्ने हो, तर ओलीको न कुनै विचार छ, न त कुनै बिधि प्रक्रियालाई कहिल्यै मानेको छैन्’ उनले भने ।

मातृकाले केपी ओली गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको न पक्षधर, न बिरोधी छ, यस्तो नेतालाई ढुलमुले चरित्र भएको बताए । नेपालको संविधानलाई समेत आत्मसात गर्न नसकेको आरोप लगाउँदै ओली प्रधानमन्त्री पदका लागि मात्र स्विकार्दै अहिले फेरी संघीय गणतन्त्रबाट डराएको आरोप लगाए ।

पार्टी बैठकमा प्रचण्डको प्रस्तावको जवाफै नदिने भनेर जिद्दी अडने र फेरी १९ पेजको प्रस्तावको जवाफ ३८ पेजमा ल्याएर फटहा मात्र हैन, महाफटहा प्रवृति देखाएको आरोप लगाए । ‘म भ्रष्टाचार गर्दिन, म भैष्टाचार सहन्न-सहन्न, तर त्यसको उल्टो के हुन्छ, तपाईलाई थाहा छ, यसको अर्थ हुन्छ- म भ्रष्टाचार गर्छु-गर्छु ।’

पूर्व मन्त्री समेत रहेका मातृक प्रसाद यादवले देशलाई लुटेर ओलीले आफ्नो पक्षधर नेता कार्यकर्तामा बाँडेको आरोप लगाए । ‘ओलीले देशको जनताको अपेक्षाको उपहास गर्दै संसद विघटनको प्रस्ताव लगेर ओली कम्युनिष्ठ नभएको प्रमाणित गरेको छ ।’

२०७७ पुष ५, आईतवार १६:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय