काठमाडौँ : संसद विघटन र जारी राजनीतिक संकट माथि गम्भीर हुँदै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियान र राष्ट्रिय नागरिक आन्दोलनका राष्ट्रिय संयोजक तथा लामो समय देखि राज-संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागी सडक संघर्षरत डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै यसो भनेका छन् ,

विदेशीको दाम – दातब्य – निर्देशन – प्रायोजन – षड्यन्त्रमा आयात गरिएको “धर्म-निरपेक्ष सँघीय लोकतान्त्रिक गणतन्त्र” का ठेकेदार भनाउनेहरुलाई आम देशभक्त मुक्ति कामी नेपाली नागरिकले ठेगान लगाउनैपर्ने बेला आयो, सांसद र जनप्रतिनिधिको नाममा देश र जनताको प्रतिनिधित्व गर्न गरिमामय संसदमा कुकुर र बाँदरलाई पठाउने होईन भनी हेक्का राख्नैपर्ने हुन्छ !

जागौँ हे वीरका सन्ततिहरु, सडक तताउने बेला हो यो, राष्ट्रिय झण्डा बोकि नेपाल आमाको अस्मिता रक्षा गर्न एकजुट होऔँ ! नागरिक सदन, नागरिक सरकार, नागरिक आयोग गठन गर्न र नागरिक-तन्त्र/जनतन्त्र सहितको राज-संस्था एवं धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना गर्न सबै हातेमालो गरौं ! अब फेरि नउठे मातृभूमिले धिक्कार्ने छिन् , सहिदहरुले धुत्कार्ने छन् र भावी सन्तति अन्धकारमा जीवन ब्यतित गर्ने निश्चित छ ! हामी जातीय, क्षेत्रीय, धार्मिक, सामाजिक, वर्गीय लगायतका अनेकौं थरीका गम्भीर विषयहरुमा टेकि गृहयुद्धको लामो भुमरीमा फसिसकेका छौँ, सावधान होऔँ नभए यसको दुर्गामी दुस्परिणाम भोग्न तैयार बसौं !

तराई-मधेशका एकमात्र महान क्रान्तिकारी गौरवशाली मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चा ले “नागरिक सदन, नागरिक सरकार, नागरिक आयोग गठन गर्न र नागरिक-तन्त्र/जनतन्त्र सहितको राज-संस्था एवं धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना” का लागी वर्तमान प्रदेश नं २ को सबै जिल्ला र मधेश एवं भित्री पहाड लगायतका थप अन्य जिल्लाहरुमा आम देश-भक्त मुक्ति कामी नागरिकहरुको लाखौंको सहभागितामा बिशाल “नागरिक सभा” गर्ने उदघोष गर्दछ, मिति – स्थान – समय लगायतका विषयवस्तु एवं तालिका आउने बुधबार मोर्चाको हुनगईरहेको “मार्ग-दर्शक मण्डलको बैठक” बाट निर्णय भए बमोजिम तोकिनेछ ।

साथसाथै उक्त “नागरिक सभा” मा सहभागिताका लागि  अपिल समेत गरेका छन् ।

२०७७ पुष ६, सोमबार १६:२४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय