काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेपछि केन्द्रीय कमिटी सदस्य प्रभु शाहले त्यसको विरोध गरेका छन् ।

आज बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर हटाइएको थियो । रिक्त अध्यक्ष पदमा नेता नेपाललाई ल्याउने निर्णय गरिएको हो ।

शाहले नेकपामा २ वटा अध्यक्ष किन राख्नुपर्यो भन्दै प्रस्तावको विरोध गरेका थिए । तर प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रस्ताव पारित भइसकेको भन्दै त्यसमा छलफल नहुने बताए ।


२०७७ पुष ७, मंगलवार १९:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय