लमजुङ : अज्ञात समूहले लमजुङ बेँसीशहर नगरपालिका –२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ ।

बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेँसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले सामान्य क्षति पुर्‍याएको जानकारी दिए ।

मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिएको उनले बताए । file: photo

२०७७ पुष १३, सोमबार १४:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय