जनकपुरधाम : प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा धनुषाको आज जनकपुरधाममा विशाल जनप्रदर्शन गरेको छ । पुष्पकमल दाहाल (प्रचण्ड)- माधव नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत जनकपुरधाममा गाउँ-गाउँबाट र्‍याली सहितका आएकाहरुले जनकपुरधाम तताएका थिए ।

धनुषाको बिभिन्न नगर तथा गाउँबाट आएको र्‍याली जनकपुरको रेल्वे स्टेशनमा जम्मा भई नगर परिक्रमा गरेका थिए । जहाँ केन्द्रिय नेता सहित प्रदेश र जिल्ला ईन्चार्ज सहितका नगर कमिटीका नेताहरुको व्यापक सहभागिता रहेको थियो ।

विरोधसभामा शीर्ष नेताहरु स्थायी कमिटी सदस्य गणेश साह, पूर्वमन्त्री रामचन्द्र झा, यदुवंश झा, श्रीप्रसाद साह, श्रवण लगायत नेताहरुले सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक संसद विघटन अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको भन्दै विशाल प्रदर्शन गरिएको नेता रामचन्द्र झाले बताए ।

विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा र राष्ट्रपति बिद्यादेबी भण्डारी मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, संघीय लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए । विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री ओलीले संसद्लाई विघटन गरेर संविधानको उपहास गरेको आरोप लगाए ।

नेकपाका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया (जीवन) को नेतृत्वमा निस्केको जुलुस मिल्सएरिया, भानुचोक, कदमचोक, मूरली चोक, रामचोक, शिवचोक, जनकचोक, हुँदै पुन रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासक बनेको नेताहरुले आरोप लगाए । संसद विघटन विरुद्ध प्रचण्ड-नेपाल पक्षले गरेको विराध प्रदर्शनमा श्रबण बरबरिया यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए ।

उनले भने, ‘समाजवादको लक्ष्य सहितको संविधान जारी गरेपनि अहिले आएर ओलीले ‘कू’ गरेको छ ।’ नेता बरबरियाले भने, ‘हामीले आदर गरेको ओली सर्वसत्तावादी बने, स्वच्छाचारी, प्रतिगमनकारी र निरंकुश बने ।’

एसैबिच शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवको नेतृत्वको मोटरसाइकल रयालिले जनकपुर नगरको परिक्रमा गरेको थियो ।

 

२०७७ पुष १४, मंगलवार १७:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय