जनकपुरधाम : नेकपामा प्रचण्ड-नेपाल समुहको पहिलो प्रदेश भेलाबाट प्रदेशसमिति, सांसद, स्थायी, केन्द्रिय समितिमा आफ्नो बहुमत भएको दाबी गरेको छ । प्रचण्ड-नेपाल समुहले आयोजना गरेको प्रशिक्षण तथा बैठकमा ओलीको प्रतिगमनकारी कदमको बिरोध गर्न कार्यकर्तालाई निर्देशन दिए । स्थायी समिति सदस्य विश्वनाथ साहको अध्यक्षतामा भएको बैठक स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले अराजक ओलीलाई सडक संघर्षबाट प्रतिगमन रोक्न दबाब दिनुपर्ने बताए । पूर्वमन्त्री समेत रहेका पोखरेलले पार्टीको आन्तरिक बहस र छलफललाई संसदमा छिराउनु अराजक मासिकता रहेको बताए । ‘ओली जाली फटहा र झुठोको खेती गरेर संसद भंग गरेर राजधानीतिक बेईमानी र असंवैधानिक कदमको भर्पाई गर्नुंपर्छ ।’

पोखरेलले ओलीले संविधानलाई नै डेन्जर जोनमा राखेर नीति स्वार्थपूर्तीमा लागेको बताए ।
नेकपाका स्थायी समिति सदस्य मातृक प्रसाद यादवले कम्यूनिष्ट पार्टीको सिद्धान्त, बिचार, मर्म र माक्र्सवादी नीतिलाई समेत अवलम्बनै नगरी शक्ति संचयको नाममा शक्ति सन्तुलनको मर्ममाथि प्रहार गरेका जनाए ।

प्रदेश २ को आठै जिल्लाका प्रतिनिधिहरुको रिपोटिङ्ग पछि पूर्वमन्त्री समेत रहेका यादवले ओली प्रवृतिले कम्यूनिष्ट पार्टीको नाममै कलंक लागेको बताए । उनले भने, ‘ओलीले कम्युनिष्ठ माथि लगाएको कलंक कालो अक्षरले ईतिहासमा लेखिन्छ, जसरी खल्तीबाट केन्द्रिय सदस्य र मन्त्रीको भर्ना हुदैछ, ओलीको लोभले कतिपय साथीहरु अलमलमै हुनुहुन्छ’ उनले भने ।

‘हामी सडक संघर्षका लागि तयार रहौ, कतैबाट कसैले अवरोध खडा गरे प्रतिरोध गरौं, पिएचडी गरेकाहरु बयलगाडामा चन्द्रमा लिएर जान्छु भन्न लगाएर चाकडी गर्छन्, त्यसैले ति चाकरी गर्नेहरुको पछि नपरौँ र भ्रममा नरहौँ, नेकपा विभाजन पश्चात प्रचण्ड-माधव समुह बहुमतीय रहेकाले सुर्य र नेकपा हामीले पाउछौं’ उनले भने ।

नेकपा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवानले ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान माथीको राजा बन्न खोजेको आरोप लगाए । ‘ओलीले संसद विघटन गरेर अवसान तर्फ उन्मुख भएको छ, अब उनको पतन निश्चित छ’ उनले भने ।
प्रदेश स्तयरीय वैठक तथा प्रशिक्षणमा प्रदेशका ८ जिल्लाको ३२ प्रदेशसभा सदस्य मध्ये मध्ये २०, ४ जना स्थायी समिति सदस्य मध्ये ३ र ६८ केन्द्रिय सदस्य मध्ये ४५ जना प्रचण्ड-माधव समुह पक्षमा रहेको मेयर तथा प्रदेश समिति सदस्य उदय बरबरिया यादवले बताए ।

२०७७ पुष १६, बिहीबार २०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय