जनकपुरधाम :  आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेस २ ले धनुषाको हारसर जिवन केन्द्रमा आयोजना गरेको दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान प्रशिक्षक प्रशिक्षण आवाशिय कार्यक्रमको उदघाटन गर्दै राज्यमन्त्री कुशवाहाले जनचेतनाको अभावमा दुर्व्यसन र घरेलु हिंसा हुंदै आएको बताए ।

प्रदेस २ को आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेस सरकारले संचालनमा ल्याएको दुर्व्यसन मुक्त अभियार र सुरक्षित बेटी अभियान कार्यक्रमले प्रदेसकै मुहार फेरिने दाबी गरेका छन ।

हिंसा न्यूनिकरण नियन्त्रणका लागि प्रदेस सरकारले नयाँ कार्यक्रम संचालन गरेको जानकारी दिदै भने- वैदेशिक रोजगार ले समेत कुलत दुर्व्यसन र घरेलु हिंसा बढेको छ । यसलाई नियन्त्रण गर्न सरोकारवालाहरु सतर्कताका साथ अगाडी बढ्नु पर्छ ।

प्रदेस २ को ८ वटै जिल्लामा दुर्व्यसन मुक्त अभियान र सुरक्षित बेटी अभियान संचालनमा आएको हुंदा यसको प्रत्यक्ष फाईदा युवा वर्गमा हुने राज्यमन्त्री कुशवाहाले बताए । महिला सेफ हाउस, बाल सुधार गृह लगायत गरिव बिपन्न परिवारलाई कार्यक्रम लक्षित रहेको बताए ।

२०७७ पुष २१, मंगलवार ०८:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय