
जनकपुरधाम : प्रतिनिधिसभा विघटनपछि दुई भागमा विभाजित नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) मा दाहाल–नेपाल पक्षधर र ओली पक्षधर आ–आफ्नो शक्ति प्रदर्शनमा लागेको छ । प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदम बिरुद्ध दाहाल–नेपाल पक्षले आफ्नो बिरोधको कार्यक्रमलाई वडा वडा सम्म पु¥याएको छ ।
नेकपा केन्द्रिय सकुर्लर अनुसार प्रदेश, जिल्ला हुँदै नगर र वडा स्तरमा बिरोध गर्ने कार्यक्रम अन्तर्गत धनुषाको शहिदनगर नगरपालिकामा संघर्ष समिति गठन गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाको शहिदनगर नगरपालिकामा बृहत नगर स्तरीय कार्यकर्ता भेलाले प्रत्येक वडामा सय जना रहने गरी संघर्ष समिति गठन गरेको छ । नेकपा केन्द्रिय सदस्य एवम धनुषा जिल्ला ईन्चार्ज श्रवण बरबरिया यादव (जीवन)को प्रमुख अतिथ्यमा सम्पन्न भेलाबाट नगर संघर्ष समिति तनुकलाल यादव को संयोजक र रामदियाल दास सह–संयोजक रहनेगरी संघर्ष समिति गठन गरिएको छ । यसरी प्रत्येक वडामा सय गरि जम्मा ९ वडामा ९०० जनाको संघर्ष समिति निर्माण गरिने भएको छ ।
बृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै धनुषाको जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य श्रवण बरबरिया यादवले ओलीको प्रतिगमनकारी कदम बिरुद्ध घर–घरबाट उठेर बिरोध जनाउन आग्रह गरे । उनले भने, ‘ओलीको कदमले संघीय गणतन्त्र, धर्मनिरपेक्ष राज्य, आन्दोलनको उपलब्धिको तिलाञ्जन हुन नै ओलीले संघसद विघटन ग¥यो, जसले मुलुकलाई धरापमा पा¥यो, त्यसैले हामी सबैको ओली प्रवृतिको बिरोध गरौं ।’
शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले ओलीको व्यवहारले पार्टीमा संकटकाल आएको बताए । उनले ओलीको एकल प्रवृतिका कारण सिङ्गो नेकपा फुटको संघारमा पुग्यो । उनले भने, ‘ओलीको यो प्रतिगमनकारी निर्णयलाई जनताले नियालिरहेको छ, यो ओलीको लागि दुर्भाग्य हुनेछ की ओली जादा जादै देश र जनताको लागि ठुलो कुपात्र बने ।’ कार्यक्रममा शहिदनगर नगरपालिकाका हजारौ कार्यकर्ता सहित अगुवा नेता तथा भाृतसंगठनका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
दृश्य : नेपालवाणी