
एजेन्सी : भारतको आन्ध्र प्रदेशको एउटा तस्बिर यतिबेला भाइरल बनेको छ । उक्त तस्बिरमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेको देख्न सकिन्छ ।
उक्त तस्बिर चर्चामा आउनुको विशेष कारण छ । तस्बिरमा देखिएका प्रहरीहरु बुबा–छोरी हुन् । खासमा त्यहाँ आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन् ।
आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ । त्यहाँ भनिएको छ, ‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो ।’
प्रहरीको पेशामा उमेरलाई भन्दा पद र जिम्मेवारीलाई बृहत मानिन्छ । त्यसकारण आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दर बताउँछन् ।
https://twitter.com/i/status/1346828334798237697