सिरहा : सिरहामा कक्षा १० मा पढ्ने एक विद्यार्थीको हत्या भएको छ। गोलबजार नगरपालिका–१२ हरिपुर घर भएका विद्यार्थी आनन्द सिंहको शव बुधबार फेला परेको हो ।

गोलबजार नगरपालिका–६ डोहटीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी गोलबजारस्थित सृजना सेकेड्री इङ्लिश बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत थिए ।

गोलबजारमै बस्दै आएका उनी मंगलबार परीक्षा दिएर साथीलाई पुर्याउन भन्दै निस्केका थिए । तर, रातिसम्म फर्केर नआएपछि घरपरिवारले खोजतलास जारी राखेको बेला डोहटी टोल नजिकै खेतमा शव फेला परेको छ ।

घटनास्थलमा उनले प्रयोग गरेको साइकल, ब्लेड र किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ । यद्यपि घटनास्थल हेर्दा कसैले हत्या गरेको देखिन्छ। प्रहरीले भने अनुसार घटना शंस्कास्पद रहे पनि अहिले नै केही भन्न नसकिने बताएको छ ।

उनी दुई वर्षअघि पनि अपहरणमा परेका थिए। तर भारतबाट अपहरणकारीको चङ्गुलबाट भाग्न सफल भएको स्थानीयले जनाएको छ । अपहरणबाट बचेका उनको अहिले आएर हत्या भएपछि परिवार शोकमा डुबेका छन् ।

घटना विषयमा अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

२०७७ पुष २३, बिहीबार ०६:१८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय