
जनकपुरधाम : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का अध्यक्ष माधव कुमार नेपालले ओलीमा भष्मासुर प्रवृतिका कारण पार्टीमा समस्या आएको बताए । उनले रामायणको चर्चा गर्दै ओलीको घमण्डता र उदण्डताले आफै भष्मासुर जस्तो खरानी भएर जाने बताए ।
सिरहाका कम्युनिष्ठ नेता जयगोबिन्द साहको स्मृति दिवस समरोहमा सहभागि हुन आईपुगेका नेता नेपालले जिल्ला स्थित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘ओलीले झुठ बोलेको स्विकार्दैन, आफ्नो एउटा गल्तिको लागि हजारौं गल्ति गर्छ तर झुठ बोलेको नभन्ने तर सत्य कहिल्यै नबोल्ने चरित्रका कारण पार्टीमा समस्या आएको छ’ नेता नेपालले भने, ‘ओलीको भष्मासुर प्रवृति जागेको छ, जसकारण ओलीले आफ्नो घरलाई नै जलाईदियो, अहिलेको यो अग्नि परिक्षामा को-कहाँ कस्तो प्रवृतिलाई साथ र सहयोग दिने हो भन्ने समय आएको छ ।’
ओलिको बास्तविक चरित्रलाई जनतामाझ नङ्गयाउन जरुरी रहेको बताउँदै ओलिको पछि अहिले फटहा मण्डली मात्र गएको बताए । उनले भने, ‘ओलीको अन्ध भक्तहरुले हामीलाई गाली गर्दै हिडेको छ, तर हामी त्यती निकृष्ठ छैनौं, हामीमा संस्कार छ, ओलि जस्तो असंस्कार भएको मानिस होईन ।’ ओलि एउटा गुटको नेता भएको बताउँदै नेपालले आन्दोलनबाट मुल फुटेको पार्टीको संस्थापन पक्षमा आफुहरु भएको दाबी गरे ।
नेकपाका धनुषा जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य श्रवण बरबरिया यादव (जीवन)को अध्यक्षतामा भएको बैठकमा नेता नेपालले भने, ‘घरमा झगडा भयो, भन्दैमा घरमा आगो नै लगाउने ओलिको प्रवृती आगोको भुस हो, ओलिको यही भस्मासुर प्रवृतीको हामीले बिरोध गरेको हो, घर अगाडि बनाउने हो, जलाउने होइन, देश बनाउने हो, देशलाई डुबाउने होईन, तर ओलिले घरालाई नै जलाईदियो ।’ उनले केपी ओलि म पाई रोगबाट ग्रस्त भएर ओलि गालिगलौज र कुतर्कमा अल्झिएको बताउँदै नेता नेपालले भने, ‘केपीमा ओलिमा कम्युनिस्ट न कुनै गुण छ, न कुनै सिद्धान्त, हामी समाजवाद तर्फ उन्मुख छौं तर ऊ संघीयता पनि मास्ने षडयन्त्रमा छ । ओली अहिले घमण्डमा चुर छ तर ओलिलाई चक्नाचुर पार्न जनता तयार छ ।’