जनकपुरधाम : जनकपुरधामका पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस जनकपुरधाम उप–महानगरपालिकाले मनाएको छ । आज विहान उप–महानगरपालिकामा स्मृति दिवस मनाइएको छ ।

पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त गरेका थिए । उनले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताएका थिए । उनले भने–‘बोल्नमा निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स हत्या दुर्भाग्यपूर्ण हो । समाजले धेरै ठूलो नोक्सानी बेहोर्नु परेको छ ।’

जनकपुरधाम उप–महानगरद्वारा ५ लाखको अक्षय कोष स्थापना

उनले पत्रकारहरुकालागि गत बर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस बर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो जसवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताए । उनले आज देखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताए ।

पत्रकार सिंह पत्रकारिता क्षेत्रमा इतिहास रचेको बताउँदै उनले जनकपुरधाम उप–महानगरपालिका गर्व महशुस गरेको बताए ।

२०७७ पुष २७, सोमबार ११:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय