जनकपुरधाम : मैथिली कला क्षेत्रका चर्चित कलाकार बि.एन. पटेल आफ्नो दर्शक स्रोताहरुका लागि समय–समयमा समाजमा घटिरहेको विभिन्न घटनाहरुलाई नाटक अथवा भिडियो मार्फत प्रस्तुत गर्दे आइरहेको अवस्थामा यसपाली पनि केही अलग किसिमको प्रस्तुतिको साथ दर्शक माझ आएका छन् ।

मैथिली समाजमा विद्यमान बृद्व र युवा बिचकोे सम्बन्धलाई जस्ताको त्यस्तै चित्रण गर्ने प्रयास उनले यसपालि गरेका छन् । उनले बृद्धा पेंशन नाम सर्ट मुभि ल्याएका छन् । यस सिनेमाको कथा, पटकथा, गीत र निर्देशन समेतको जिम्मा बि.एन. पटेल लिएका छन् । मिथिलाञ्चलको चर्चित गायक भागवत मण्डल, ललित कामत र ममता राजको स्वरमा सजेको सुमधुर गीतहरुमा संगीत रोहित प्रमोदको रहेको छ ।

यस सिनेमामा कलाकार बि. एन. पटेल, रिना यादव, प्रदिप महतो, ज्योती झा, राजन पटेल, माही खान, बद्री राउत, कौशल्या ठाकुर, दुर्गा देवी, राजु सर्राफ, अजय यादव, सन्तोष लगायतका कलाकारहरुको अभिनय रहेको छ साथै छायांकन गजन्द्र गज्जू, ड्रोन कैमरा राजु श्राफ र शिव थारू, नृत्य निर्देशक निरज चौधरी त्यस्तै प्रोडक्सन मैनेजरमा भागचरण यादव रहेका छन् ।

सिनेमा ‘बृद्धा पेंशन’ केही ठाउ“मा च्यारिटीको रुपमा प्रदर्शन भएपनि केही दिनपछि हलमा पनि रिलिज गर्ने तयारी रहेको निर्देशक पटेलले जानकारी दिएका छन् ।


२०७७ माघ २, शुक्रबार १६:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय