सप्तरी :  शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सप्तरीको उत्तरी क्षेत्रस्थित सप्तकोशी नगरपालिकाले सबै विद्यालय एक साताका लागि बन्द गरेको छ । नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ । नगरपालिकाभित्र ११ सार्वजनिक र १२ निजी विद्यालय छन् ।

तराई–मधेसमा विगत चार÷पाँच दिनदेखि अत्यधिक चिसो बढेका कारण बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।


२०७७ माघ ३, शनिबार ०९:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय