
जनकपुरधाम : माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उनको भनाइ छ ।
रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसनसँग सम्झौता हुने र जनशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले बताए । ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले सम्झौता हुनेबित्तिकै उनीहरू नेपाल आइपुग्ने बताए । अब छिट्टै नै सम्झौताको काम सम्पन्न हुने र माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने उनले बताए । उनका अनुसार सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस्’ समेत तयार भइसकेको छ ।
उनले भने, ‘‘माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने छन्, उहाँहरूले एक हप्तासम्म पार्किङमा राखिएको रेल, रेल्वे लिकलगायत सम्पूर्ण रेल्वे प्रणालीको परीक्षण गर्नुका साथै यहाँका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नेछन्