खोज्दै छ कहाँ , अस्तित्व लुकेको छ सबै  ठाउँमा

फरक मात्र  समूहको , कण कणमा छु विद्यमान

दिने र लिने दोषी भए पनि , छु घर देखि बाहिर सम्म

स्वाद पाएका ,  सानै देखि मेरो सुगन्धको

स्वार्थ, लोभ ,महंगी भन्दै , बग्दछ प्रबाह रगत जस्तो

 

कसैले चकलेट त कसैले खैनी ,गुटखा र चुरोट

कसैले नगद ,फर्निचर त कसैको विदेश  जाने अठोट

अनेक छन रुप मेरो ,तर नाम एउटै

ज्ञानी बुझ्दछन सबै , कोइ बाच्न सक्दैन  छुट्टै

 

कहाँ छैन म , नाम मेरो भ्रष्टाचार

गर्दैछन  सबै , कतै देखिन्छु त कतै निराकार

 

रातो रगत जस्तै ,  एउटै छ रंग मेरो

पर्दाफास गर्दै अर्कालाई , धिक्कार्दै  भन्छन कर्तुत तेरो

मेरो रंगमा  रंगिए छन सबै , गवाही बनाए हुन्छ ऐनालाई

कहिले दिने र कहिले लिने , पद धारण गर्दै आफुलाई

 

नीति नियम पर्याप्त कोरिये, पाना पाना दस्ताबेजमा

नतमस्तक र अन्धो भए , पुरागर्न आफ्नै  स्वार्थमा

छल्दै ,झुक्याउदै  संगत गर्दै मेरो

अरुको खिल्ली र उपहास , आफ्नो राज छ गहिरो

 

कहाँ छैन म , नाम मेरो भ्रष्टाचार

गर्दैछन  सबै , कतै देखिन्छु त कतै निराकार

 

नबोल्ने मुर्तिलाई छोडेको छन कहाँ

मिसिएको छु म , सम्बन्धहरु  छन जहाँ

आभाष गरि हेर , समाजका हरेक पक्षमा

म नै म जताततै , फरक फरक रुपमा

सकारात्मक  र नकारात्मक दुई रुप लिएर

कतै अत्याचार त कतै व्यभिचार  उक्कासियेर

 

बच्चा ,बुढो ,महिला र पुरुष , छैनन  भेदभाव  मेरोलागि

लोभ लालच उत्पन्न गर्दै , निस्वार्थ भावलाई त्यागी

मेरो रोग लगाएर ,गर्दैछन  लक्ष्मण रेखा पार

अपेक्षा , अभिलाषा  बढाएर , बन्दै बेवस र लाचार

 

कहाँ छैन म , नाम मेरो भ्रष्टाचार

गर्दैछन  सबै , कतै देखिन्छु त कतै निराकार ||

 रचियता : ज्योति कुमारी झा (समाजशास्त्री )

२०७७ माघ ४, आईतवार १७:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय