
जनकपुरधाम : मधेश अन्दोलनले सधै अशान्त रहने चोक चौराहातथागल्ली आज भोलि शान्त छ । सधैै टायर बालेर अधिकारको आन्दोलन माहोमिएर सरकार बिरुद्ध संघर्ष गरेका ठाउँमा आज भोलि विकास निर्माणका कुरा हुदैछ ।दोश्रो जनआन्दोलन लगत्तै २०६३ माघमा मधेशमा ठूलो आन्दोलनभयो । मधेशी मुलका जनताले सदियौं देखि राज्यको उत्पीडनमा अधिकार सुनिश्चितताका लागिआन्दोलन चर्काएका थिए । पटक-पटक महिनौँ सम्मम धेशमाआन्दोलन चल्यो । प्रायः सधै अशान्त रहयो । सोही क्रममा थुप्रैले अधिकार प्राप्तिको आन्दोलनमा सहादत समेत दिए ।
२०६३ सालमाभएको प्रथममधेश आन्दोलनमा ५४, ०७२ मा ५६ र०७३/०७४ मा७जना गरी कुल११७जनालेसहादतदिए । तत्कालिनमधेशीदल घटक नेताकार्यकर्तामहिनौं अन्दोलन सफलपार्न जुटथे ।आजमधेश अन्दोलन शुरुवातभएको १४वर्ष पुगेको छ । मधेश अन्दोलनबाट मधेशको अधिकार स्थापितभएपनि नेताको सत्ता र भत्तामै सिमितिभएको अन्दोलनका अगुवाईन्द्रकुमार मधेशानन्दबताउछन् ।
‘१३वर्षभित्र पटक-पटक आन्दोलनभयो, तराई र मधेशका जनताले पहिचानर केहीअधिकार पाए, अझै थुप्रै लिन र माथि नेता भन्दा पनि जनतामा अधिकार स्थापित गराउनुछ’ मधेशका मामिला जानकार अनन्त अनुराग मेहता आन्दोलन पछि धेरै परिवर्तन आएको बताउदै उनको भनाइलाई आधार मान्ने हो भने ‘मधेसको पहिचान राजनीतिक र संविधान’मापनि स्थापित भए पनि नेता र उनको कार्यकर्ताको लागि मात्र संघीयता आयो, जनताको घर-घरमा पुग्नुपर्ने संघीयता नेताको घर-परिवार र जहान सम्म थुप्रिएको छ’ मेहताले भने ।
प्रथम बलिदानीको सम्झनामा बिदा
प्रदेश २ सरकारले मधेश आन्दोलनको सुत्र पात भएको दिन माघ ५ मा सरकारी विदा दिने निणर्य गरेको छ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते मनाइने बलिदानी दिवसमा प्रदेश सरकारले बिदाको दिने गरेको छ । प्रथम मधेश आन्दोलनको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा प्रथम शहिद रमेश महतोले शहादत प्राप्त गरेको सम्झनामा बलिदानीको संज्ञा मधेशी दलहरुले बलिदानी दिवस मनाउदै आएको छ ।
०६३ माघ ५ मा सिरहा जिल्लाको लहानमा रमेश महतोले मधेशको लागी दिएको शहादतबाट मधेश आन्दोलनले उत्कर्ष उर्जा प्राप्तभएको थियो । नेपालको इतिहासमा मधेशी जनताको मानसपटलमा वलिदानी दिवसको रुपमा सदा सर्वदाकालागि दर्ज भएको जसपाका सा.सद परमेवर साह बताउँछन् । उनले भने, ‘मधेशीको पहिचान, स्वाभिमान र आत्मसम्मानको लागि आन्दोलनको सुत्रपात भएको दिनको सम्झिनागरिन्छ’ ‘विगत १४ बर्षमा मधेश र देशले माघ ५ को जगमा धेरै कुरा पाएको छ । नेपाल राजनीतिमा नवीन युगको शुत्रपात संगै उत्पीडित र सीमान्तकृत समुदायको प्रतिरोधको राजनीतिले नयाँउचाई र नयाँआत्म विश्वास प्राप्त गर्यो’ जसपाकी सांसद सुरिता साहले सहादतको प्रतिको उच्च सम्मान र श्रद्धाञ्जलीको लागि माघ ५ विशेष दिनहो ।’
शहिद परिवारको गुनासो : नेताले सत्ता र भत्तापाएहामीले मुटुको चोट
२०६३ मा सुरु भएको बिद्रोह संविधान जारी हुँदा सम्मतीनपटक मधेश आन्दोलित भयो । दर्जनौं मधेसी जनताले ज्यानको बाजीलगाए। सयौं आन्दोलनकारी घाइते भए, असक्तभए, सयौं माथि राजनीतिक मुद्दादर्ता भए । सयौं नागरिकहरु अहिले पनि आन्दोलनकै कारण जेलमा छन् । यति महँगो मुल्यचुकाएर अहिले मधेशले प्रदेश नं. २ मा सरकार निर्माण गर्यो । तर आन्दोलनमा शहादत दिएका शहिद परिवारको अवस्था जस्ताको त्यस्तै रहयो ।