
एजेन्सी : भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ ।
सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।
शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म ३ लाख ८१ हजार जनाले खोप लगाइसकेको जनाइएको छ ।