काठमाडौं : राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर १५ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

थापाले आफू राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

थापाले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई एकजनासँग १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

२०७७ माघ ७, बुधबार १९:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय