काठमाडाैं : प्रधानमन्त्री केपी ओली शर्माको संसद विघटनको निर्णयविरुद्ध आन्दोलित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले माघ ९ गतेका लागि तय गरेको विशाल विरोध प्रदर्शन र कार्यक्रमका लागि आन्तरिक निर्देशिका तयार गरेको छ ।

जसका लागि प्रदेश प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भएको छ । यस्तै प्रदर्शनको दिन पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्नेछ ।

आन्दोलनमा सहभागी हुनेहरूलाई विभिन्न ‘आर्क’ तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।

सबै जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ भने त्यहाँबाट रत्नपार्क–बागबजार, पुतलीसडक–भद्रकाली–भोटाहिटी हुँदै सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

२०७७ माघ ८, बिहीबार ०८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय