
जनकपुरधाम : जनकपुरधाम स्थित बेङ्गाशिवपुरको एक बागबानी नर्सरीमा शिवलिङ्ग फेला परेको छ । धनुषा जनकपुरधाम उप-महानगरपालिका १९ स्थित बेङ्गाशिवपुरको तरकारी खेतीको लागि बिउजिजन उमार्ने बागबानी नर्सरीमा शिवलिङ्ग भेटिएको हो ।
जनकपुर उप-महानगरपालिका थापा चोकमा कोठा भाडा लिई बस्दै आएका जवाहरलाल महतो र उनकी पत्नी उर्मिला देबी महतोले लगाएको बागबानी नर्सरीमा काम गर्ने क्रममा शिवलिङ्ग भेटिएको हो । ‘खेतमा मुसाले खनेर हैरान पारेपछि पानी हालेर मुसा भगाउन दुलोमा बाल्टिनले पानी हालेपछि शिवलिङ्ग भेटिएको हो’ जवाहरलाल महतोले सधैझैं खेतमा आउने तथा प्याज, खुर्सानी, काउली लगायतका बोटबिरु बिउँ उमारेर जिविकोपार्जन गर्दै आएकोमा शनिवार दिउँसो १२ : ३० बजे शिवलिङ्ग देखा परेको बताए ।
अहिले उक्त स्थानमा शिवलिङ्ग हेर्न गाउँ तथा शहरबाट मानिसहरु आउन थालेको र हिजोदेखि नै मानिसको लस्कर लागेको प्रभात महतोले बताए । ‘भगवान शंकारको साक्षात रुपमा भनी हामीले शिवलिङ्गलाई पुजाआजा गर्दैछौं, हामीले आफ्नो खेतमा देखेपछि विश्वासकै आधारमा पुजा गर्दैछौ, यो प्राकृतिक वा अप्राकृतिक कसरी भन्नु, हामी त विश्वासको आधामा पुजा गर्दैछौं ।’
शिविलिङ्ग भेटिएको स्थान बेङ्गाशिवपुर चोक तथा गाउँभन्दा झण्डै १ किलोमिटरको दुरीमा खेतमा रहको छ ।