जनकपुरधाम : छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बिहीबार छोरीमाथि बलात्कार गरी फरार भएका बाबुलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका–५ का भोला यादव रहेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिले जानकारी दिए ।

धनुषा घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्दै आएका यादवले मंगलबार काठमाडौस्थित घरमा छोरीलाई बलात्कारपछि कुटपिट गरी फरार भएका थिए ।

यादवलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत बौद्ध काठमाडौँमा पठाईएको छ । महानगरीय प्रहरी वृत बौद्ध काठमाडौंमा छोरी बलात्कार गरी फरार भएको पीडितबाट निवेदन दिएपछि वृतको पत्र अनुसार खोजतलास गर्ने क्रममा यादवलाई धनुषा प्रहरीले जनकपुरबाट पक्राउ गरेको जानकारी दिए ।

बलात्कारपछि भएको कुटपिटले अचेत अवस्थामा फेला परेकी किशोरीको राष्ट्रिय ट्रामा सेन्टर उपचार भईरहेको छ । आमा अर्को छोरीलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा गएको मौका छोपेर यादव अर्की छोरीको बलात्कारपछि कुटपिट गरी फरार भएको थियो ।

२०७७ माघ १६, शुक्रबार १३:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय