
जनकपुरधाम : धनषामा एक पुरुषको शव फेला परेको छ । शनिबार धनुषाधाम गरपालिका वडा नम्बर ९ स्थित धारापानी चौकको सार्वजनिक बस पार्किङमा ३० वर्षीय विजय नेपालीको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरको प्रारम्भिक अनुसन्धान अनुसार अत्यधिक मदिरा सेवन र चिसोका कारण उनको मृत्यु हुन सक्ने अनुमान गरिएको छ ।
रातो ज्याकेट , पाइन्ट,जुत्ता लगाएको अवस्थामा नेपालीको शव भेटिएको प्रहरी निरिक्षक तिर्थ कार्कीले जानकारी दिएका हुन् । मृतक भने भोजपुर जिल्ला टेमके गाउँपालिका वडा नम्बर ८ का हुन।