जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ६ कलवार कुट्टि नजिकै रहेको मजदुरको घरमा आगलागी भएको छ । शनिबार साँझ शौचालय घर निर्माण गर्ने मजदुरको अस्थायी घरमा आगलागी भएको हो। स्वच्छ जनकपुरधाम अभियान अन्तर्गत पालिकाले बनाउने शौचालयका मजदुरले बनाएको अस्थायी घरमा आगलागी भएको छ ।

आगलागीबाट करिव चार लाख मूल्य बराबरको क्षति भएको विकास एण्ड ब्रोर्दस कम्पनीका सञ्चालक मुन्ना साहले जानकारी दिए । आगलागीबाट मजदुरको नगद रकमसहित निर्माण गर्ने समाग्रीहरू जलेर पूणर्रुपमा नष्ट भएको छ । निर्माण कम्पनीको औजार, मेसनरी टुल्स, मजदुरको नगद रु दुई लाख ३६ हजार, कपडालत्ता, र ७२ हजारको पलाई लगायत समान जलेर नष्ट भएको छ ।

स्थानीय युवा गणेश साहलगायतका समूहले मजदुर शिवकुमार रामलाई बेलुका धम्काएका थिए । सोही गिरोहले उनको घरमा आगो लगाएका हुन सक्ने बताइएको छ । उक्त समुहले पटक पटक पैसा मागेको पीडितले बताए । ‘पैसा नदिँदा गणेश साह लगायतको समुहले आगलागी गरका छन्,’ े उनले भने, ‘आगो लगाउनुभन्दा अगाडी रड देखाउँदै हामीलाई भगाएको थियो।’

२०७७ माघ १८, आईतवार ०८:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय