काठमाडौं : आज देशभरको मौसम सामान्यतया सफा रहेको छ । पहाडी भेगमा थोरै स्थानमा हुस्सु रहेको र तराईका अधिकांश भागमा हुस्सुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार आज देशभर सामान्यतया मौसम सफा रहेपनि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो प्रदेश न. १ को पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

यस्तै भोलि सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

तराईका भू–भागहरुमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैमा अनुरोध छ ।

२०७७ माघ १८, आईतवार ०७:३२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय