काठमाडौं : नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै ३२ बन्दकर्ता पक्राउ परेका छन् ।

प्रहरीले राजधानीको सोह्रखुट्टेबाट १३ जना, महाराजगञ्जबाट १० तथा नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेको जनाएको छ ।

यस्तै सामाखुसीबाट ५ जना पक्राउ परेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधि तोडफोडलाई रोक्न राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै प्रतिगामी कदम चालेको भन्दै प्रचण्ड–नेपाल समूह आमहड्तालसहित सडकमा आएको हो । बिहीबारमात्रै ओलीले संवैधानिक आयोगमा नियुक्ति गरेका थिए ।

२०७७ माघ २२, बिहीबार ०७:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय