
एजेन्सी : सैन्य ‘कु’ भएको म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।
सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोमा अब त्यसमा पनि अंकुश लागेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।