महोत्तरी : महोत्तरीको मनरासिसवा नगरपालिका – ४ मा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाद्वारा उक्त बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

स्थानीय जनतालाई स्वास्थ्यको पहुँचमा आवद्ध गर्ने अभियान स्वरुप बर्थिङ सेन्टरको निर्माण गरिएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए । गर्भवतीलाई सुत्केरी गराउन जिल्ला अस्पताल वा जिल्लाबाहिरका अस्पतालमा जानुपर्ने बाध्यता न्यूनीकरणका लागि स्थानीय तहमा बर्थिङ सेन्टर स्थापनाको काम अघि बढाएको राज्यमन्त्री कुशवाहाले बताए ।

उक्त शिलान्यास कार्यक्रममा  पुर्व स्वस्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मनरासिसवा नगरपालिका-४ का वडा अध्यक्ष अताबुल राइन् लागायत स्थानिय नेता तथा कार्यकर्ता समेतको उपस्थिति रहेका थिए ।

 

साथै महोत्तरीको मनरासिस्वा नगरपालिका- ६  मा जनताको चाहना अनुसार राज्यमन्त्री कुशवाहाले सामुदायीक भवन समेत शिलान्यास गरेका छन् ।

 

२०७७ माघ २३, शुक्रबार १७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय