एजेन्सी : भारतीय अभिनेत्री कंगना रनौटलाई प्रखर वक्ताका रूपमा चिनिन्छ । खास गरेर बलिउडकर्मीलाई निसाना बनाएर ट्विट गर्ने कंगना बेला बेलामा विवादमा परिरहेकी हुन्छिन् । फेरि एकपटक ट्विटका कारण कंगना विवादमा परेकी छन् तर यसपटक उनको निसानामा बलिउडकर्मी नभएर क्रिकेटर परेका छन् ।

भारतमा चलिरहेको किसान आन्दोलनलाई समर्थन गर्दै अमेरिकी पप स्टार रियानले गरेको ट्विटलाई लिएर विभिन्न टिप्पणी भइरहेको छ । उनलाई अन्तर्राष्ट्रिय प्रोपगाण्डा मच्चाएको आरोप लगाइएको छ । यसै सन्दर्भमा केही क्रिकेटरले ट्विट मार्फत् रियानाको विरोध नगरी एक जुट भएर बस्न आग्रह गरेका थिए ।

रियानले भारतीय किसान आन्दोलनको एक तस्बिर सेयर गर्दै ट्विट गरेकी थिइन् ‘हामी किन यसको बारेमा केही बोल्दैनौँ ।’

क्रिकेटरको यस्तो ट्विट आउना साथ कंगनाले त्यसको विरोध स्वरुप गरेको ट्विटले अहिले तहल्का मञ्चाएको छ ।

कगंनाले क्रिकेटरलाई निसाना बनाउँदै पोस्ट गरेकी छन् ‘किन सबै क्रिकेटरले धोबीको कुकुर न घरको न घाटको जस्तो आवाज गरिरहेका छन् ? किसानले किन यस्ता कानुनको विरोध गर्छन् जुन उनीहरूको भलाइको पक्षमा छन् । यो पनि आतंक नै हो जसले यस्तो बबाल मच्चाइरहेको छ ।’

हुन त ट्विटरले कंगनाको यस्तो अपमान जनक ट्विटलाई डिलिट गरिसकेको छ, तर पनि उनको विरोध भने रोकिएको छैन ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली, रोहित शर्मा, अजिंका रहाणे र पूर्व खेलाडी सचिन तेन्दुल्करले कगंनााको यो ट्विटको जवाफ दिएका छन् ।

रोहित शर्मा

‘भारत तब बलियो बन्छ जब हामी सबै एक जुट भएर बस्छौँ र समाधान निकाल्नु समयको माग हो । हाम्रा किसान राष्ट्रको भलाइका लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् र मलाई यकिन छ कि हर कोही आ-आफ्नो ठाउँबाट समस्याको समाधान निकाल्न भूमिका निर्वाह गरिरहेका छन् ।’

विराट कोहली

‘असहमतिको यो समयमा हामी सबै एक जुट छौं, किसान हाम्रो देशको एक अभिन्न अंग हुन् । मलाई यकिन छ, सबै पक्ष मिलेर सौहार्दपूर्ण तरिकाले समस्याको समाधान निकाल्ने छन् ता कि अगामी दिनमा पनि शान्तिपूर्ण ढङ्गले हामी एक साथ अघि बढ्न सकौं ।’

सचिन तेन्दुल्कर

‘भारतको सम्प्रभुताका लागि कुनै सम्झौता गर्न सकिँदैन, बाहिरी शक्ति दर्शक बन्नसक्छ तर भागिदार होइन । भारतीय नागरिक भारतका बारेमा जान्दछन् र हामी एक राष्ट्रका रूपमा एकजुट छौं ।’

अजिंका रहाणे

‘यदि हामी सबै एकै साथ उभियौँ भने यस्तो कुनै समस्या छैन जसको समाधान नहोस् । आउनुहोस् एक जुट हौं र हाम्रो अन्तरिक समस्याको समाधानका लागि काम गरौं ।’


२०७७ माघ २४, शनिबार ०७:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु