काठमाडौँ : नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो।

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टा २४८ कोरोना संक्रमित निको भएका छन । हालसम्म निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यसैगरी हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या २०३५ रहेको छ ।

२०७७ माघ २४, शनिबार १६:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय