महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिकामा नक्कली नोटसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ का ३५ वर्षीय साबिर अंसारी र भारत सितामढी ग्राम पठनपुर १४ का ४२ वर्षीय जियाउल अंसारी रहेका छन् ।

जलेश्वर नगरपालिका १ स्थित सडकबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट सहित उनी दुबै जनालाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नक्कली नोट बरामद भएपछि उनी दुबै जना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट नेपाली नगद १६ हजार रुपैयाँ र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । दुवै जनामाथि अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीको भनाई छ ।

२०७७ माघ २४, शनिबार १८:५८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय