
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर एक सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ ।
त्यस्तै थप एक सय ६५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार चार सय ३१ पुगेको छ ।
अहिले नेपालमा एक हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।