एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेविरूद्ध सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा साविक विजेता रियलले गेटाफेलाई २-० ले गोलले हराएको हो ।

रियलको जितमा करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एकएक गोल गरे ।

जितसँगै रियल २२ खेलमा ४६ अंकसहित तालिकाको दोस्रो स्थानमा उत्रिएको छ । उसले शीर्ष स्थानको एट्लेटिकोसँग अंक दूरी ५ मा झारेको छ ।

पराजित गेटाफे भने २४ अंकसहित १३औँ स्थानमा छ ।

२०७७ माघ २८, बुधबार ०६:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय