महोत्तरी : बर्दिबास नगरपालिका ७ प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरू नेकपा प्रचण्ड–माधव नेपाल समूहको प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेपछि पठन पाठन ठप्प भएको छ ।

https://www.facebook.com/nepalvani2/videos/891956174950680/?__cft__[0]=AZUUu44Fgnled3Po0jrcM7lSAHEgnLuhAoXz2kqJ-tdx1gm4LYTJVG2YIiz5BiT_3IJbq-3TrXFR0kKydfkk94GDZp_TXJ90n5C36zIwBaBT6bTjW5i6wHOXWBFK3kERHV9ikoazcHAMa0a6rIscT3nMrBwLOx-IZ9-lNJkYJeZFNN-fvRxNJ4IKuLTRJq7uegs&__tn__=%2CO-R

प्रधानाध्यापक राम सेवक महतो जुलुसमा सहभागित हुन काठमाडौं पुगेको कार्यालय सहयोगी गंगा तिवारीले बताए । प्रधानाध्यापक महतोले पनि आफु काठमाडौं आएको फोनमा स्वीकारे। तर के कामले काठमाडौं पुगेको जिज्ञासामा उनले केहि बोलेनन्।

यस्तै शिक्षक राजविर महतो र गोविन्द साह पनि प्रदर्शनमा सहभागी हुन काठमाडौं पुगेको बुझिएको छ । उनीहरु प्रदर्शनमा सहभागी भएको तस्विरहरू भने सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको छ ।

प्रधानाध्यापक महतोसहित तीन शिक्षक दुई दिनदेखि अनुस्थित भएका कारण पठन पाठन नै ठप्प रहेको विद्यार्थीहरूले बताएका छन्। कोरोना संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द रह्यो । तर अहिले सञ्चालनमा आएपनि शिक्षकहरू चरम लापरबाही गरिरहँदा पनि स्थानीय सरकार मौन बनेको छ । शैक्षिकसत्र सकिन लाग्दा पनि विज्ञान पुस्कको एउटा पाठ पनि पढाइ नभएको विद्यार्थीहरू बताउँछन्। पटक पटक प्रधानाध्यापक समक्ष गुनासो गर्दा पनि वास्ता नगरको विद्यार्थीको आरोप छ ।

कक्षा १० मा अध्ययनरत छात्रा कबिता महतोले शिक्षक अभावमा विज्ञान र लेखा विषयको पढाइ नै नभएको बताइन्। उनले भनिन्, शिक्षक हुँदा पनि पढाइमा ध्यान दिँदैन ।’

विद्यालयका शिक्षकहरू चरम लापरबाही गर्ने गरको स्थानीय पञ्चु साहले बताए । उनले भने, अधिकांश विद्यार्थी विद्यालयको छुटी हुने समय अगावै घर पुग्छन्। हामीले पटक पटक पढाइको गुणस्तर सुधार गर्न भनेपनि कसैले सुनेका छैन ।’

स्थानीय भोरिल यादवले विद्यालयको गुणस्तर सुधार्न मेयर बिदुर कार्कीलाई अनुरोध गरको र वास्ता नगर कडा आन्दोलन गर्ने चेतावनी दिए । स्थानीय शिक्षकहरूले सधै उपस्थित नहुने र आफ्नो नीजि काममा व्यस्त हुँदा पठन पाठन प्रभावित बनेको स्थानीय हरिदेव महतो बताउँछन्।

विद्यालयका शिक्षक कमलेश यादव भने जनशक्ति अभावका कारण विद्यालयमा पठन पाठन प्रभावित भइरहेको बताए । उनले मावि तहमा शिक्षकको अभाव रहेको र विद्यालय व्यस्थापन समिति नहुँदा सुधार गर्न समस्या भएको बताए ।

२०७७ माघ २९, बिहीबार ०७:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय