
धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा पर्ने पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना परेर बाबु छोरा गरी दुइ जनाको मृत्यु भएको छ । राजमार्गको चारकिला एभरेष्ट पम्प नजिकै भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ६० बर्षका बलराम अधिकारी र उनका ३० वर्षका छोरा डाक्टर सुरेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
सदरमुकाम धादिङबेसीबाट काठमाण्डौ जादै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल र काठमाण्डौंबाट धादिङको गल्छीतर्फ आउदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक विहिवार दिउँसो २ वजे आपसमा ठोक्किएर दुर्घटना भएको हो ।