
भारत : भारतको मध्यप्रदेशस्थित सिधीमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ ।बस नहरमा खस्दा ३८ जनाको मृत्यु भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । बस दुर्घटनामा घाइते भएका ७ जनाको उद्धार गरिएको छ ।
पानीले भरिएको नहरमा बस खस्दा पुरै भाग डुबेको जनाइएको छ । गोताखोरहरुले उद्धार कार्य जारी राखेका छन् । दुर्घटनामा परेका मध्ये अझै केही बेपत्ता रहेको र उनीहरु खोज जारीरहेको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन ।