महोत्तरी : महोत्तरीमा मूर्ति विसर्जनको लागि गएको ट्याक्टरले किच्दा एक ८ वर्षीय बालकको ज्यान गएको छ ।

बलवा नगरपालिका वडा नम्बर–८ बनौटाका कैलाश यादवका छोरा शिवमकुमार यादवको ट्याक्टरले किचेर मृत्यु भएको हो ।

सरस्वतीको प्रतिमा सेलाउन गएको ट्याक्टर ब्याक गर्न लाग्दा यादवको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक टिका बहादुर केसीले जानकारी दिए । उनका अनुसार दुर्घटना पश्चात प्रादेशिक अस्पतालमा बालकलाई पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

ट्र्याक्टर चालक सोही स्थानका १४ वर्षीय बालक रहेको उनको भनाइ छ । बालकको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । सांकेतिक दृश्य

२०७७ फाल्गुन ५, बुधबार १८:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय