
नेपालवाणी संवाददाता
जनकपुरधाम : नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बिपि कोईरालामा आधारित दुई कृतिको लोकर्पण गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले डा. शोभाकर पराजुलीद्वारा लिखित ‘समाजवाद र बिपि कोईराला र बिपी विचार संग्रह’ कृतिको एक समारोह बीच लोकर्पण गरेका हुन् । बिपिको समाजवादी र बिचारलाई पुस्तकको रुपमा शिखा बुक्सले स्थान दिएको छ ।
लोकार्पण समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले बिपिको समाजवाद र अहिलेको समाजवाद मात्र पुस्तकमा सिमिति भएको बताए । उनले लोकतन्त्रमा ग्रहण लगाउने तथा लोकतन्त्र बिनाको समाजवादी सम्भव नभएको उल्लेख गरे ।
पुस्तक लोकर्पण समारोहमा काँग्रेस नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेस लोकतन्त्र बिनाको समाजवादको कल्पना गर्न नसक्ने बताए । ‘सुशासन सहितको समाजिक न्याय र सुरक्षामा आधारित समाजवादी चाहिएको छ, तर सरकारले किसानलाई समाजवादको नाममा आफ्नै खेतमा उब्जाएको बालीको पैसा लिनपनि काठमाण्डौंमा मृत्युवरण गर्नुपर्ने समाजवादको निर्माण गरेको छ ।’ उनले भने, ‘यो कस्तो समाजवाद हो, जहाँ रेमिटयान्सको भरमा देश चलेको समाजवादी हुन सक्तैन, समाजवाद त सधै लोकतन्त्रसंग जोडिनुपर्छ ।’
प्रेस स्वतन्त्रता सेनानी तथा बरिष्ठ पत्रकार राजेश्वर नेपालीले बिपिको समाजवादी बोल्ने हैन, गरेर देखाउने हो, तर अहिले बोल्ने समाजवादी मात्र छ । ‘समाजवादी हैन, व्यवहारमा समाजवादी आवश्यक छ, समाजवादको हजारौं पुस्तक निस्किन्छ तर व्यवहार त्यो समाजवादी हुदैन’ उनले भने ।
प्रा. डा. सुरेन्द्र लाभले बिपिको चर्चा गर्दै एउटै व्यक्ति दुई बिधामा शिखर पुरुष हुने व्यक्तित्व बिपि कोईराला पहिले भएको बताए । ‘दल समाजवादी, पार्टी समाजवादी, मान्छे समाजवादी तर समाजवाद खै ?’ उनले नेपाली काँग्रेसको ६ खराबी औल्याउन पुस्तक किन्नुपर्ने बताउँदै भने, ‘केही थान व्यक्ति प्रत्येक परिवर्तन पछि दोहोरिएको छ, हामी चुकेका छौं, व्यवस्था परिवर्तन भयो तर मानसिकता उही रहयो, यही हामी चुक्यौं ।’
पुस्तकको समिक्षा गर्दै साहित्यकार साधना पन्त ‘प्रतिक्षा’ले बिपिको बिचार नबुझेकै कारण राजनीतिक बिचलन आएको बताए । उनले भनिन, ‘लोकतन्त्र र समाजवादको तप्कामा आज गाली-गलौजको तप्कामा पुगेको छ, यो सबै समाजवादी नबुझेर अहिलेको परिस्थितिको निर्माण भएको छ । बिपिको कालजयी रचनाहरु मध्ये यी दुई पुस्तक संग्रह दहिबाट नौनी हो । पुस्तकले बिपिको असल राजनेताको त्याग र समर्पणलाई पुस्तकले समेटेको छ ।’
समिक्षक चन्द्रकिशोर झाले लोकतन्त्र कमजोर भए राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद कमजोर हुने डा. पराजुलीको पुस्तकमा खेख्न सकिने बताए । ‘निर्वाचन हुनु मात्र लोकतन्त्र मजबुत हुनु हैन, बिपिको राजनीतिक र साहित्यलाई समालोचकको रुपमा अध्ययन गर्नु आवश्यक छ ।