
काठमाडाैं : नेकपा पुष्कमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षको अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता प्रहार गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनको प्रतीक बनाएर त्यहीँ फोटोमा अनेरास्ववियूले सोमबार जुत्ता प्रहार गरेको हो।
ओली राजनीतिक, वैचारिक, धार्मिक सबै दृष्टिकोणले प्रतिगामी हुँदै गएकाले नारायणहिटी दरवार नजिक प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए।