
काठमाडौं : काठमाडौंको अनामनगरस्थित हनुमानस्थानबाट एक बालिका बेपत्ता भएकी छिन् । भाटभटेनी सुपरमार्केट नजिकै हनुमानस्थान बस्दै आएकी गुल्मीकी १३ वर्षीय अमृता गिरी बेपत्ता भएकी हुन् ।
अमृता फागुन १० गते बिहान साढे १० बजे घरबाट बाहिर निस्केकी थिइन् । तर आजसम्म घर फिर्ता नआएको उनका आफन्तले बताए ।
उनले घरबाहिर निस्कँदा गुलाबी रङको ज्याकेट, निलो जिन्स पाइन्ट लगाएकी छिन् ।
गहुँगोरो वर्ण र ४.८ इन्च उचाई रहेकी उनी कक्षा ७ मा अध्ययनरत हुन् । उनलाई देख्ने र फेला पार्नेहरूले परिवारका सदस्यको मोवाइल नम्बर ९८६०४५२३४४ गर्न तथा नजिकैको प्रहरी चौकीमा बुझाइदिन आफन्तहरूले आग्रह गरेका छन् ।